पाल्पा, फागुन १४
शाखा तथ्याङ्क कार्यालय पाल्पामा तथ्याङ्क अधिकृत पदमा कार्यरत कमल नेपालको मृत्यु भएको छ । एक वर्षदेखी आन्द्राको क्यान्सरबाट पीडित नेपालको सोमबार बिहान ७ बजे मृत्यु भएको हो । तानसेन नगरपालिका, बन्दीपोखरा घर भएका नेपालको कार्यालय क्वाटरमा ज्यान गएको हो ।
भारतको विभिन्न अस्पतालमा उपचार गराई उनी केही महिनादेखी सेवामै थिए । दुई वर्ष अघि नेपालको काठमाण्डौं सरुवा भएको थियो । रोगबाट क्यान्सरबाट पीडित नेपाल दुई महिना अगाडी काज सरुवा गरि जिल्लामै आएका हुन् । उनका दुई छोरी छन् । उनको आजै अन्तेष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।