गैरेको नयाँ झ्याउरे गीत रेलैमा बजारमा

प्रस्तुतीमा गायक कृष्ण गैरेको नयाँ झ्याउरे गीत रेलैमा बजारमा आएको छ । चर्चित संकलक हुम गैरेको शब्द संकलन खेम सेञ्चुरीको लय संकलन रहेको गीतमा कृष्ण गैरे र शान्ता परीयारको सुमधुर स्वर रहेको छ । मौलिक झ्याउरे लयमा आधारीत गीतको अडियो तथा भिडियो एक साथ रिलिज गरीयको छ । नवलपुर जिल्लाको कावासोतीमा छायाकंन गरीयको गीतमा हुम गैरेको निर्देशन,अमर थापाको कोरीयोग्राफी, केशबराज रसाईलीको छायाकंन ,सन्धु क्षेत्री,अस्मिता गुरुड,गोबिन्द क्षेत्री,सोनु मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । रेलैमा लगाउ माया बेलैमा जुन गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास गरीयको छ ।

SHARE