पाल्पा, फागुन २४

तानसेन नगरपालिकालाई ऐतिहासिक साँस्कृतिक नगरको रुपमा विकास गर्ने र पर्यटन व्यवसायमार्फत चहल पहल बढाउन ऐतिहासिक सम्पदाको संरक्षणका पहल भएकाे छ । तानसेन नगरपालिकाको आयोजनामा पुरातत्व विभागको सहभागितामा पाल्पाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय सर्वपक्षिय छलफल भएको हाे ।

पुरातत्व विभागले तानसेन दरवार, भगवती मन्दिर, नरायणस्थान मन्दिर, टक्सार, गणेश मन्दिर, पुराना घरहरु, रानीमहल, ह्षिकेश मन्दिर, रुरु क्षेत्रको अवलोकन गरी आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा सर्वदलिय बैठकमा छलफल भएको हो । तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालयले सन २००६ मा निर्माण गरेको पाल्पा दरवार गुरु योजना अनुसार दरवार परिसरको व्यबस्थापन गरे मात्र तानसेनको ऐतिहासिकता जोगाउन सकिने विषयमा बक्ताहरुले जोड दिए ।  पाल्पा दरवार गुरुयोजना फाईल शहरी विकास तथा भवन डिभिजन कार्यालयले तानसेन नगरपालिकालाई हस्तानतरण गरेको भनेएता पनि नगर प्रमुख सन्तोषलाल श्रेष्ठले हालसम्म दरवार गुरुयोजना पाउन नसकेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले छलफल सुन्दा सबैका कमजोरीहरुले दरवार गुरुयोजना कार्यान्वयन हुन नसकेकोले आगामी दिनमा गुरु योजना सबै क्षेत्र, तह तप्का तथा सर्वसाधारणहरुलाई समेत उपलब्ध गराएर सर्बपक्षिय चासो जगाउनु पर्ने बताए । पुरातत्व विभागको सहकार्यमा ऐतिहासिक सम्पदा संरक्षणमा जिल्ला प्रशासन कार्यालय सहयोगी बन्ने प्रजिअ काफ्लेले  बताए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, विभागका उप सचिव राम बहादुर कुवँरले पाल्पा जिल्लाका पुरातात्विक महत्वका सम्पदाहरुको अवस्था भईरहेका काम तथा आगामी दिनमा स्थानीयवासी तथा  स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य अधिकारको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रदेश सांसद विर बहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द वि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका उपाध्यक्ष विष्णु कार्की, पर्यटनविद मनमोहन श्रेष्ठ, संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंह, ईतिहासविद निर्मल श्रेष्ठ, रानीमहल क्षेत्रका स्थानीयवासी, देवी प्रसाद भट्टराई, भगवती गुठी व्यबस्थापन समितिका सदस्य पदम न्यौपाने, तानसेन नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, पत्रकार प्रकाश नेपाल लगायतले पाल्पाका सम्पदाहरुको बारेमा जानकारी गराएका थिए ।

छलफलमा तानसेन नगरपालिका भित्र रहेका सम्पुर्ण ऐतिहासिक सम्पदाहरु संरक्षण गर्न सर्बपक्षिय निर्णय बाट सहमती पाएकोले सोही अनुसार नगरपालिकाले जिम्मेवारीपुर्वक काम गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागतमा सर्बदलिय छलफल कार्यक्रम चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय