पाल्पा, फागुन १९

प्रथम तानसेन महाेत्सव आज शनिबारबाट सुरू हुँदैछ । महाेत्सव उद्घाटन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पाल्पा आएका छन् ।

नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका गुरूङले दिउँसाे १ः०० बजे टुँडिखेल मैदानमा महाेत्सवकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले बताए । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।  नगर प्रमुख श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागी खर्च गरिने बताए ।

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले बताए ।

नेपाली काङ्ग्रेस पाल्पाले बिहान ११ बजे नेपाली काङ्ग्रेस पाटी कार्यालयमा माननीय मन्त्री गुरूङसँग कार्यकर्ता भेटघाट कार्यक्रम आयाेजना गरेकाे नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय