मगर समुदायले ४२ औं मगर एकता दिवसका अवसरमा विविध कार्यक्रमहरू भएका छन् । पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाले स्थानीय बिदा दिएर उत्सव मनाएका हुन् ।

पाल्पा – ४२ औँ मगर दिवस पाल्पामा विविध कार्यक्रम सहित भव्य रुपमा मनाइएको छ । जिल्लाको विभिन्न गाउँ, टोल तथा बस्तीमा ४२ औँ मगर दिवस मनाइएको छ । दिवसमा पहिचान झल्किने नाच, गीत तथा संस्कृतिक कार्यक्रम गरिएको थियो । रिब्दीकाेट,रम्भा,तिनाउ, रैनादेवी छहरा, पूर्वखाेला, ताहुँ, चिलाङ्दी, निस्दी, रामपुर लगायतका क्षेत्रमा विविध कार्यक्रम भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार 4 सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशत हुन आउँछ । यो दिवसका दिनमा मगर समुदायमा विभिन्न परिकारका खाना खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बंगुर, कुखुराका परिकार खाएर रमाइलो गरेका छन् ।

नेपाल मगर संघकी जिल्ला अध्यक्ष शान्ति झेडी मगरले ४२ औं मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसीयालीका साथ मनाइएको बताइन् । उनका अनुसार २०३९ फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लांघाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् ।

नेपाल मगर संघ रम्भा गाउँपालिकाकाे आयोजनामा ४२ औं मगर दिवस मनाइएको छ । मगर संघ स्थापना भएको दिन पारेर खाेक्खाेलामा झाँकी, मगरी खानाका परिकारहरु, औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडी थापाले स्वदेश र विदेशमा रहेका लाखौं मगरहरुको नेतृत्व गर्ने साझा संगठन नेपाल मगर संघ भएको बताउनुभयो । संघले मगरहरुको इतिहास, पहिचान, कला, सँस्कृति, भाषा र धर्मको संरक्षणका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । पाल्पा जिल्ला मगर समुदायकाे बाहुल्यता भएको जिल्ला रहेको बताउनुभयो । मगर समुदायमा प्रचलित भेषभुषा,कला सस्कृति परम्परा विगतकाे तुलनामा कम हुँदै गएकाेले संघले यस्काे संरक्षण र पुस्ता हस्तान्तरण जाेड दिदै आएकाे बताउनुभयो । रम्भाकाे रिमिघा लेकलाई पर्यटकीय गन्तव्य स्थलकाे रूपमा विकास गर्नुपर्ने बताउनुभयो । मगर समुदायका नागरिकहरूकाे बसाेबास रहेको रिमिघा लेक आसपासमा मगर हाेम स्टेकाे निर्माण गरि कला सस्कृतिक देखाउने र यस्काे माध्यमबाट पुस्ता हस्तान्तरणसँगै आयआर्जनकाे स्त्राेतमा समेत वृद्धि गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले गाउँपालिकाले मगर संग्रहालय निर्माण गरिरहेकाे बताउनुभयो । रम्भा गाउँपालिकामा मगर समुदायका नागरिकहरूकाे बाहुल्यता रहेकाले गाउँपालिकाले मगर सस्कृति,रितिरिवाज,परम्परा,भेषभुषा झल्किने सहितकाे सङ्ग्रहालय निर्माण गरिरहेकाे बताउनुभयो । पालिकाले फाेक्सिङ्गकाेटमा सङ्ग्रहालय निर्माण गरिरहेकाे र निर्माणकाे काम अन्तिम चरणमा रहेको बताउनुभयो । कार्यक्रमकाे सन्चालन रम्भा गाउँपालिका नेपाल मगर संघका सचिव ज्ञान बहादुर बरालले गर्नु भएको थियाे ।

त्यस्तै पाल्पाको माथागढी गाउँपालिकामा पनि नेपाल मगर संघले मगर दिवस मनाएकाे छ । कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदि रहनु भएको थियाे । कार्यक्रममा माथागढी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष एवम नेपाल मगर संघ पाल्पाका निवर्तमान  अध्यक्ष तेजबहादुर घर्तीमगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । उहाँहरुले मगर एकता दिवसले मगर समुदायको एकता, भातृत्व र सांस्कृतिक तथा भाषिक जर्गेनामा सहयोग पुग्ने विस्वास गर्नुभयो । कार्यक्रमकाे सञ्चालन नेपाल मगर संघ माथागढी गाउँपालिकाका सचिव खाेम गाहाकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

पाल्पाकाे तानसेन नगरपालिका वडा न १२ मा नवाेदित मगर समाजले मगर दिवस मनाएकाे छ । कार्यक्रम नवाेदित मगर समाजका अध्यक्ष लिला बहादुर रानाकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न १२ का वडा अध्यक्ष मेजर सिङ केसी रहनु भएकाे थियाे । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर आले,समाजसेवी झमन सिङ दर्लामी, केहर सिङ आले, लेख बहादुर राना लगाएतकाे उपस्थिति रहेको थियाे ।

नेपाल मगर संघ रिब्दीकोट गाउँसमिती पाल्पाको आयोजनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्ती मगर ( वसन्त )ले उद्दघाटन गर्नुभएको हाे । कार्यक्रममा संविधान सभा सदस्य लिला सोमै, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको विशिष्ट आतिथ्यता, गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल , सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु एवम संघका पदाधिकारीहरुको आतिथ्यता लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँपालिका वडा न.७ को पालुङ, पाल्पामा सभ्य, भब्य र शान्त वातावरणमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ रिब्दीकोट गाउँसमिती पाल्पाका अध्यक्ष चेत बहादुर उचैले गर्नुभएको थियो । भने संचालन संघका सचिव मुमान सिंह गाहाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय