सुशीला रेग्मी

रामपुर (पाल्पा) । नेवा दयदेवु (राष्ट्रिय संगठन) रामपुर नगर कमिटीको आयोजनामा भेटघाट तथा वनभोज कार्यक्रम सकिएको छ ।

नगर कमिटी अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा रामपुर नगरपालिका वडा नं ८ स्थित पर्यटकीय भुजात सिद्धबाबाधाममा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा संस्थाका सल्लाहकार राजुप्रसाद श्रेष्ठले आफ्नो रितिरिवाज र संस्कृतिलाई सधैँ अवलम्वन गरेर सामाजिक भावनाका साथ रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।

बेला–बेलामा जमघट कार्यक्रमले समुदायमा एकताको भावना प्रगाढ बनाउने हुदा यस्ता कार्यबाट धेरै कुरा सिक्ने अवसर मिल्ने प्रदेश सभा सदस्य श्रेष्ठ बताउनुहुन्छ ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मोहन श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा नेवा समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा दयदेवु रामपुर ४ का सल्लाहकार धनबहादुर श्रेष्ठ, नेवा दयदेवु रामपुर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा दयदेवु चापाकोट स्याङ्जाका सचिव शान्ति श्रेष्ठ लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

संस्थाका उपाध्यक्ष सीता प्रधानको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव लेखप्रसाद श्रेष्ठले गर्नुभएको हो । कार्यक्रमको अवसरमा नेवारी परिकार यमरी लगायतका विभिन्न परिकार ग्रहण तथा नाचगान गरेर रमाईलोसंग मनाइएको छ । कार्यक्रममा सहभागीले आफ्नो समुदायको मौलिक पहिचान झल्कने पोशाकमा सजिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय