पाल्पा, फाल्गुन, १२
रोटरी क्लवअफ पाल्पा लुम्बिनीले आफ्नो वार्षिक योजाना अनुसार रोटरी डे को अवसरमा स्याङजा जिल्ला,राम्दीधामस्थितश्री शिवपार्वती बृद्धआश्राम तथा बहुउधेस्यीय संस्था, रामनदीधाम ,केन्द्रमा रहेका बृद्ध व्याक्तिहरुलाई निशुल्क स्वास्थ्य शिविरका साथै जाडोका लागि कम्वल,तथा पौष्टिक आहार हर्लिक्स वितरण गरेको छ ।
रोटरी क्लवअफ पाल्पा लुम्बिनीका सदस्यहरुको आर्थिक सहयोग तथा लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगबाट स्वस्थ्य शिविरको आयोजना गरिएको हो । विभिन्न क्षेत्रमा रहेका सहयोगी मनहरुलाई एकसुत्रमा बाँधी क्लवका योजनानुसार सामाजिक कार्यलाई निरन्तरता दिने,क्लवको सिग्नेचर प्रोजेक्टको रुपमा आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरनतरता दिनेर क्लबको उचाई अझ बढाउने क्लवका प्रिसिडेन्ट रो.रमेश न्यौपानेले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सामाजिक क्षेत्रमालागेका सहयोगी मनहरुलाई एक सुत्रमाबाँधी सामाजिक रुपन्तरण गर्न महत्वपुर्ण भूमिका खेल्न सकिने क्लवका पास्ट प्रिसिडेन्ट रो.निर्दोष खनालले बताउनुभयो । विभिन्नक्षेत्रमा रहेका समसामयिक चुनौती तथा अवसरलाई आआफ्नो ठाँउबाट हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पुरा गर्न सकिने विश्वास क्लवका सर्भिस प्रोजेक्ट डाइरेक्टर रो. शिखा पहारीले ब्यक्तगर्नुभयो ।
लुम्बिनी मेडिकल कलेजका भाइस प्रिन्सपल डा. रुवन राज जोसीले क्लवले गरेका निशुल्क स्वास्थ्य शिविरबाट बृद्ध नागरिकलाई स्वास्थ्य उपचारमा टेवापुगेको बताउनुभयो । शिविरमा विभिन्नविषेशज्ञ चिकित्शकबाट स्वास्थ्य परिक्षण तथा निशुल्कऔषधि वितरण गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव रो. कृष्ण प्रसाद पराजुली, क्लवका प्रिसिडेन्ट इलेक्ट रो. प्रदिप खनाल, प्रिसिडेन्ट नोमिनी रो. लक्ष्मण कोइराला, रो.गोविन्द गौतम उपाध्याय लगाएत बिभिन्न विभागीय रोटरियन तथा रोट¥यारहरुको व्यवस्थापन लगाएत, रो.डा.विनेक न्यौपाने, डा प्रतिक्षा न्यौपाने, रो.डा. हिमाल घिमिरेद्धारा स्वास्थ्यउपचार गरिएको थियो । श्री शिवपार्वती बृद्ध आश्राम तथा बहुउधेस्यीय संस्था, रामनदीधामका प्रमुख शुनिल श्रेष्ठले क्लवले गरेकानिःशुल्क स्वास्थ्य शिबिरबाट बृद्ध नागरिकलाई प्रत्यक्षरुपमाा स्वास्थ्य उपचार प्राप्त भएको तथा समयमानै रोगको पहिचान भइ आवश्यकऔषधि समेत निःशुल्कउपलब्ध गरिएकाले स्वास्थ्य शिविरबाट समाजमा परिवर्तन सम्भव देखिएको तथा यस्ता सहयोगी मनहरुलाई विषेश धन्यवादको साथै क्लव तथा लुम्बिनी मेडिकल कलेज प्रतिउत्तर –उत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयोे । कार्यक्रममा रोट¥याक क्लव पाल्पा लुम्बिनीका प्रिसिडेन्ट रो.अभिशेक शाहले क्लवसंग मिली समाजिक कार्यमा हातेमालो गरि अगाडी बढेको कुरा ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रमा उपस्थित अन्य क्लवका सदस्यहरु तथा रोट¥याक क्लवका सदस्हरुको बाक्लो उपस्तिथीमा रोटरी वर्ष २०२३÷०२४ का बोर्ड सदस्य रो. रोमाकर घिमिरेले संचालन भएको क्लबपब्लिक इमेजका डाइरेक्टर रो. भक्तिरामन्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय