पाल्पा, फाल्गुण ८

पाल्पामा हालैमात्र सरुवा भएर  पाल्पा प्रहरीको प्रमुखको जिम्मेवारी पाउनुभएका एस पि नरेन्द्र चन्द र पाल्पाका पत्रकार बीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको कार्यक्रममा पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा, अमनचयन तथा  बस्तुस्थितीको बारेमा प्रहरी प्रमुखलाई जानकारी गराएका थिए ।

पत्रकारहरुले प्रहरी कार्यालय अझै बढी मिडिया मैत्री हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरी हुने क्रम बढेको, राजमार्गमा गुढ्ने सबारी साधनमा पुराना तथा अधिक भार बोक्ने गरेको, २०७४ साल पछि भाडादर समायोजन नहुदा अत्याधिक महङ्गो भएको जस्ता बिषय प्रहरी प्रमुख चन्दलाई जानकारी गराएका थिए । त्यस्तै जिल्ला आत्महत्याका घटना बढी रहेकाले त्यससंग सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गर्न सुझाव दिएका थिए ।

पत्रकारहरुले पाल्पाका सडक सबारी साधन गुड्न मिल्ने छ्न कि छैन्न ? भन्ने मुल्यांकन गरि त्यस अनुरुप योजना बनाउदा सडक दुर्घटना कम हुन सक्ने धारणा राखेका थिए । सडक चेक जाँच गर्दा लुकेर बस्ने परिपाटीले समेत दुर्घटना हुनेगरेको छ । सडकमा चेक जाँच गर्दा प्रहरीले नै चौकी चौकीमा पैसा लिने गरेको व्यापक गुनासो आएकाले त्यसको अन्त्य गर्न प्रहरी प्रमुखले बिशेष पहल गर्नुपरे पत्रकारहरुको माग थियो । स्थानीय तहसंग प्रहरीले इन्धन सुबिधा लिदा प्रहरी स्थानीय तह प्रती बफादार बनेको हो कि ? भन्ने भान जनतामा परेकोले त्यस प्रति प्रहरी कार्यालयले ध्यान दिनुपर्ने सुझाव पत्रकारको थियो । सामाजिक संजालको बढ्दो प्रयोगले बिकृती निम्त्याएको हुँदा साइबर अपराध बढेकाले त्यसको नियन्त्रणका लागि प्रहरीलाई सन्चार जगतले सक्दो सहयोग गर्ने पाल्पाली पत्रकारहरुले बताए । पाल्पाली पत्रकारहरुले राजमार्गमा धर्मकाटा नहुदा ओभर लोड बोक्ने सवारीले गर्दा दुर्घटना बढेकाले त्यसका लागि पहल गरिदिन प्रहरी प्रमुखलाई अनुरोध गरे ।

प्रहरी प्रमुख चन्दले आफू भर्खरै मात्र पाल्पा आएको बताउदै यहाँको बस्तुस्थिती बुझ्न पत्रकारहरुसंग जानकारी हुने भएकाले परिचय कार्यक्रम राखिएको बताउनुभयो । उहाँले आफ्नो मूल्याकंन पाल्पाबाट जाने बेला हुने बताउदै, सूचनाकै आधारमा प्रहरी सफल हुने भएकाले पत्रकारसंग गतिलो सूचना हुने बताउनुभयो । जिल्लामा आत्महत्या बढी भएकाले त्यसकोलागि कार्य योजना बनाएर नै अगाडि बढ्ने उहाँको तर्क थियो । सडक दुर्घटना नियन्त्रणकालागी प्रहरीको मात्र एकल पहलले सम्भब नभए बताउदै सरोकारवालाहरु सग छलफल गरेर अगाडि बढ्ने प्रमुख चन्दले बतानुभयो । प्रहरीले जिल्लाको सुरक्षा योजना बनाएर जिल्ला प्रहरी कार्यालय अगाडि बढ्ने उहाँको धारणा थियो । सामाजिक संजालको बढ्दो प्रयोगले साइबर अपराधका घटना बढेकोले त्यसलाई नियन्त्रण गर्नको लागि प्रत्येक जिल्लामा साइबर सम्बन्धि घटना नियन्त्रण गर्ने कामको सुरुवात भैसकेको बताउनुभयो । उहाले जिल्लाका भएका ठुला घटनाको फाइल अध्ययन गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा पत्रकारहरु कृष्ण पोखरेल,माधब अर्याल, भोजराज भट्टराई, किरण कौशल, मुक्ति न्यौपाने, बिजय बौडेल, मिलन बिक , रामचन्द्र रायमाझी, सुनिल कार्की, भगवान भण्डारी,भरत शर्मा लगायतले नयाँ एस पी को स्वागत तथा सुझाव सल्लाह राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय