पाल्पा, फागुन १
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामकोे चिदीसमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनको संख्या १० पुगेको छ । भने १६ जना घाइते भएका छन् । लु १ज २३७१ नम्बरको जीप मंगलबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । जिप तानसेनको डुम्रेबाट तिनाउको चिदिस तर्फ जादै गर्दा सडकबाट करिब ३ सय मीटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा पाल्पा तिनाउ गाउँपालिका ६ मस्यामकी ६० बर्षिय यन कुमारी पन्त, सोहि स्थानका ३९ बर्षिय राम बहादुर अस्लामी, ६७ बर्षिय कृष्ण बहादुर अस्लामी, २८ बर्षकी उर्मीला अस्लामी, तिनाउ गाउँपालिका २ खुर्साने की २० बर्षिय गीता सुनार, रिब्दीकोट १ ख्याहाकी ६६ बर्षकी बिष्णुकला कामी, सोही स्थानकी ६५ बर्षिय दिल कुमारी सुनार, रुपन्देही देबदह ५ की २९ बर्षिय दिलमाया जिसी, बुटवल १४ तामनगरका ७० बर्षका चन्द्र रणपाल र सोही स्थानकी ६० बर्षिय जुनाचुना रणपाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । कच्चि सडक, सीट क्षमता भन्दा दोब्बर बढी यात्रु भएका कारण ठूलो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठ जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय