पाल्पा– प्रेम दिवस विश्वभर मनाइने दिवस हो। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गरे। युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले पादरीलाई मृत्युदण्ड दिए। पछि उनै पादरी भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ।

प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ। त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले उपयोग गर्ने गर्छन्। प्रणय दिवसका अवसरमा देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ।

पाल्पामा भने सँच्चा प्रेमको प्रतीक ठानिने रानीमहलमा यो दिवसमा दिन प्रेम जोडीहरुको प्रमुख गन्तव्य बन्ने गरेको छ। १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। पाल्पाको बौघागुम्हा र खानीगाउँ गाविसको सीमानामा कालीगण्डकीको किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ। आजको दिनमा यो महलमा सच्चा जोडीहरु आफ्ना अतितलाई सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गरिरहेका भेटिन्छन्।

वर्षमा एक दिन सँच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रुपमा मनाइने प्रणय दिवस र विशेष गरी किशोरावस्थाका युवायुवतीहरुले मायापिरती साटासाट गरेर मनाउँदैछन्। मनमा गुम्सिएका भावनाहरु र तरङ्गहरुलाई ओतप्रोत गर्ने पर्वका रुपमा पनि यसलाई लिन थालिएको छ। पारिवारिक माया ममताभन्दा पनि भिन्दै आभाष गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ। जब कुनै व्यक्ति माया पिरतीको जालोमा अल्झिएको हुन्छ उसको संसार त्यसैमा रोमलिन थालेको हुन्छ। भनिन्छ, प्रेम आस्था र विश्वासमा चलेको हुन्छ।

भ्यालेन्टाइन्स डे के हो र कसरी सुरु भयो ?

फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो  । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ ।

भ्यालेन्टाइन्स डेको पछाडि एउटा दुस्खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् ? र उनको के योगदानले गर्दा यो दिनलाई विशेष रूपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै विचारहरू भेटिएका छन् ।

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् त्यसैले फेब्रुअरी १४को सुनौलो अवसर नगुमाउनुहोस ।

दिवसको सान्दर्भिकता

प्रेम दिने भाव हो लिने भाव होइन । प्रेम विशाल अनुभूति हो, विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जिउन मद्दत गर्दछ । प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन । न त प्रेम गर्ने कुरा नै हो । पछिल्लो समय नेपालमा पनि प्रेम अर्थात प्रणय दिवसलाई विशेष महत्वका साथ लिने र मनाउने पनि गरीन्छ । प्रेम दिवस अर्थात आजको दिनमा अन्य दिनमा संकोच मान्ने केटा–केटीहरु यो दिनमा खुला हृदयबाट आफ्ना मनका भावहरु प्रस्तुत गर्ने गर्दछन् । प्रेम गर्नु नराम्रो तथा नकारात्म होईन । नेपाली बजारमा पनि अहिले आयातित गुलाबका फूलले फूल पसलहरू भरिएका छन् । युवा जोडी भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन् । प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने रु आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्त्वपूर्ण पक्ष हुन आउँछ । प्रेम गर्नु राम्रो पक्ष हो । तर पछिल्लो समयमा प्रेमको नाऊँमा कतिपय प्रेमीजोडीहरु देखावटी प्रेमको संज्ञा दिएर स्वार्थ पुर्ती गरिरहेका देखिन्छन् र दिन कटाउने होडवाजीमा हुन्छन् । प्रेम गर्नु पवित्र कार्य हो तर कतिपय प्रेमहरु केहि दिन नजिकिने र छिट्टै टाढिने प्रवृति देख्नमा र सुन्नमा पनि आउँछन् । कतिपय प्रेमीजोडीहरु मायामा धोका पाए भनेर आत्महत्या गरेको घटनाहरु पनि सर्ववितित छन् । प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ । तर कुसंस्कार र कुकार्यलाई आत्मसाथ नगरी प्रेम जस्तो पवित्र कार्यलाई मनन् गरी सबैले एक अर्का विच समन्धसेतु तथा भाईचाराको भाव कायम गरी प्रेम गर्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय