पाल्पा, साउन १३

पाल्पाको तानसेनमा शेयर लगानी सम्बन्धि शेयर शिक्षा मूलक कार्यक्रम भएको छ । कार्यक्रममा पाल्पाका बिभिन्न क्षेत्रका बुद्घीजिवि तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

कार्यक्रममा क्लिन इनर्जी डेभलपमेण्ट बैंक द्घारा प्रबद्र्घित सिइडिवि हाइड्रो फण्डको सहायक दोर्दी खोला जल बिद्युत कम्पनी लि. ले १२ मेघावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको जानकारी दिएको छ । यो आयोजना लमजुङको दोर्दी खोलामा अवस्थित छ । आयोजनाले उर्जा मन्त्रालय वाट उत्पादन अनुमति पत्र लिसकेको छ । कार्यक्रममा कम्पनीका वित्त व्यवस्थापक प्रमुलाल अधिकारीले शेयरमा लगानी अवसर र चुनौती विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले नेपालमा पछिल्लो समय शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिदै गएको बताउनुभयो । दोर्दी आयोजनाका वित्त व्यवस्थापक श्याम खड्काले सहभागीहरुको जिज्ञाशा मेटाउँदै साउन अन्तिमसम्म नयाँ अग्राधिकार शेयर आह्वान भएको बताउनुभयो ।

दोर्दी खोला आयोजनाले नेपाल विद्युत प्राधिकरण सँग बिद्युत खरिद सम्झौता (पिपिए) गरि सकेको छ । यस आयोजनाको सानिमा बैंक लि. को अगुवाइमा लक्ष्मी बैंक लि.,कृषि विकास बैंक लि., कैलाश विकास बैंक लि. र यति बिकास बैंक लि. सँग ऋण सम्झौता गरि सकेको छ । आयोजनाको लागि आवश्यक जग्गा खरिद गरि सकेको छ । आयोजनाले आफ्नो आयोजना स्थल सम्मको लागि बाटो पु¥याइ सकेको छ । आयोजनाले आवास गृहको निमार्ण पनि गरिसकेको छ ।  कार्यक्रमको संयोजन मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको हो ।

जिल्लाबाट शेयर संकलनका लागि जिल्लाको नेपाल पुस्तक पसल वा एभरग्रिन एजुकेशन कन्सल्टेन्सी शितलपाटीमा फारम संकलन गर्ने व्यवस्था गरिएको संयोजक न्यौपानेले बताउनुभयो । आयोजनाको लागि २.५ कि.मि सुरुङ्ग र ६६५ मि. पाइप जडान गरिने छ । सिइडिवि हाइड्रो फण्ड को लगानी रहेको दोर्दी–१ जलविद्युत आयोजनाले हाल साना लगानीकर्ताहरु वाट पनी लगानी जुटाइ रहेको छ । आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले लगानी गर्न सक्ने जानकारी दिनु भयो । कम्पनीले निमार्ण अवधिमै प्राथमिक सेयर निष्काशन (आइ.पि.ओ.) गर्ने उद्देश्य लिएको छ ।