पाल्पा, माघ ८

पाल्पाकाे रम्भा गाउँपालिका १, मा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । कालिगण्डकी करिडाेर सडकखण्ड अन्तर्गत रम्भा १ भाेवरमा भएकाे दुर्घटनामा परि २८ वर्षीय हेमन्त जिटीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

आइतबार राती १० बजेकाे समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा जिटी दुर्घटनामा परेकाे स्थानीय सुमन पछाइले बताए । जिटीकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दुर्घटनाग्रस्त माेटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालिगण्डकी किनारामा खसेकाे थियाे । मृतककाे शव पाेष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय रामपुर पठाइएकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय