तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्षमा माेहन प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदमा मनाेनयन दर्ता गर्ने अन्यले उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठ निर्विराेध अध्यक्षमा निर्वाचित भएका हुन् । उनीसँगै अरू पदमा पनि निर्विराेध निर्वाचित भएका छन् ।

सचिव पदका उम्मेदवार बिष्णु बहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता गरेका हुन् । पुस १० गते अध्यक्ष र सचिव बाहेका पदमा एक मात्र उम्मेद्धारी परेपछि उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य निर्विरोध भएका थिए । निर्विराेध रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूले बिहिबार नै सपथ लिइसकेका छन् ।

तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते हुन लागेको निर्वाचनका लागि मंगलबार चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षका लागि प्रज्ञासागर शाक्य, भुगोलप्रसाद बैजु र राजु महर्जनले मनोनयन दर्ता गराएपनि उम्मेदवारी फिर्ता लिएकाे जनाएकाे छ ।

अध्यक्षमा श्रेष्ठसँगै उपाध्यक्ष लालमने अदै पुन, सचिवमा प्रेम बहादुर मल्ल, कोषाध्यक्षमा शुसिला श्रेष्ठ कर्माचार्य, सह–सचिव विर्जु खाती र खुला सदस्यमा बसन्त कुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल, महिला सदस्यमा फूलमाया सुनारी निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले नवनिर्वाचित समितिलाइ पद तथा गाेपनियताकाे सपथ गराए ।

सपथ ग्रहण कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष माेहन श्रेष्ठले तानसेनकाे खानेपानीमा व्यवस्थापकीय समस्याहरू रहँदै अाएकाे भएता पनि खानेपानीकाे नियमित अापूर्तीमा अाफूले ध्यान दिने बताए । उनी भन्छन्, लामाे समयदेखीकाे अभावलाइ पुरा गर्दै यसकाे दीगाेपनाका लागि ध्यान दिएर खानेपानी अापूर्ती गर्छु । उनले पानीकाे अभावमा यहाँका जनताले पूँजी, मानिस र बसाइ पलायन गर्ने अवस्था अाउन नदिने प्रतिवद्दता व्यक्त गरे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले राजनीतिक दलहरूकाे सक्रियतामा तानसेनका जनताकाे एउटा अपेक्षा पुरा गरेकाे अाभास मिलेकाे बताए । उनले जनताकाे जस्ताेसकुै समस्यामा जनतासँगै नगर सरकार रहेकाे बताए । पाल्पाका राजनीतिक दलका प्रमुखहरूले तानसेन पर्यटकीय क्षेत्र भएता पनि यहाँका अाधारभूत अावश्यकता पुरा गर्ने कार्यमा सँगसँगै हातेमालाे गरेर अगाडी बढिरहेकाे बताएका थिए ।

तानसेन नगरपालिका वडा नं. २ का नवनिर्वाचित श्रेष्ठ यसअगाडी तानसेन नगरपालिकाले गठन गरेकाे तानसेन खानेपानी उपभाेक्ता तदर्थ समितिका समेत अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय