पाल्पा, साउन ७
मदिरा उद्योगमा अवैध रुपमा राजस्व छलि गरि मदिरा उत्पादन गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले मदिरा उद्योगमा छापामारेको छ । श्री दोभान आसबित्र प्रालि, तिनाउको उद्योगमा राजस्व छलि गरेको भन्दै शिलबन्दी गरिएको हो ।
उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको, अवैध रुपमा मदिरा उत्पादन र बिक्रि गरेको सूचनाका आधारमा उद्योगमा शिलबन्दी गरिएको राजस्व कार्यालय बुटवलका प्रमुख दुर्गादत्त भण्डारीले बताए । उनी भन्छन्, ‘उद्योगले उत्पादन गरेका मदिरामा कैफियत भेटिएको सूचना आयो । केही कमजोरी देखिएका छन् । छानबिनका लागि शिल गरेका छौं ।’
दोभान आसबित्र प्रालिले ५० देखी ७० युपिसम्मका मदिरा उत्पादन गर्दै आएको बताईएको छ । उद्योगले अन्तःशुल्क ऐन उल्लङघन गरि पहाडी जिल्लाहरुमा मदिरा बिक्रि गरेको थियो ।