पाल्पामा डेङ्गु संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका वडा नं. २, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा डेङ्गु सङ्क्रमित पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले बताए । गत असोज २७ गते अस्पतालमा भर्ना भएका पुरुषको पाँच दिनपछि अस्पतालमै मृत्यु भएको हो । उनमा डेंगुसंगै स्क्रबटाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । पाल्पामा यो वर्ष डेंगुबाट चार जनाले ज्यान गुमाएका छन् ।

यसअघि तानसेन–६ का ६९ वर्षकी महिला, माथागढी–१, का ३५ वर्षका पुरुष र वालिङ् नगरपालिका–११ का ११ महिने बालिकाको मृत्यु भएको थियो ।

चारै जनाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय