रमा भण्डारी

पाल्पा, असार २०

अविरल वर्षाका कारण पहिरो जाँदा पुरिएर एकको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटका ५३ वर्षीय नीरबहादुर सुनारीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झोकेदीबाट आफ्नो घर झाकेदीप आउने क्रममा सुनारीलाई पहिरोले पुरेको हो । फोक्सिङ्गकोटमा बाटोमा हिँडिरहेको समययमा पहिरोले पुर्दा उनको मृत्यु भएको हो । उनको शवलाई प्रहरी र स्थानियले निकालेको छ । बिहान ११ बजेको समयमा अचानक पहिरो खसेको थियो । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।