पाल्पा, भदौ २७
पाल्पाको रामपुर नगरपालिका–१० बाट प्रहरीले अवैध काठ बरामद गरेको छ । रामपुर नगरपालिका वडा नं. १० का लिला गाहाले सञ्चालन गरेको जनता फर्निचर उद्योग बाट ९५ दशमलव ०८ क्युफीट अबैध सालको काठ फेला पारेको हो ।
मंगलबार साँझ साढे ७ बजे अबैध रुपमा साल जातको काठ रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फर्निचर खानतलासी गर्दा काठ फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हुंगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले काठ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय रामपुर पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सन्तोष चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय