Sunday , September 20 2020

केपी अाेली रेसुङ्गा पुगे जीतकाे खुसी मनाउन

गुल्मी, १७ असार – गुल्मीको रेसुंगा नगरपालिकामा नेकपा एमाले मेयर र उप मेयरमा विजयी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली त्यहाँको विजयी सभालाई सम्बोधन गर्न गुल्मी पुगेका छन् ।

उनी पार्टी सचिवहरु प्रदीप ज्ञवाली र गोकर्णराज विष्ट सहित त्यहाँ पुगेका हुन् । ठूलो संख्यामा तम्घासमा उपस्थित भएका एमाले कार्यकर्ताहरुलाई उनले सम्बोधन गरेका छन् ।

कांग्रेसको गढ मानिने रेसुंगामा एमाले विजयी भएपछि एमालेले यसलाई ठूलो सफलताको रुपमा लिएको छ ।

रेसुंगामा एमालेका डिल्लीराज भुसाल मेयर निर्वाचित भएका छन् ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!