पाल्पा, असार १७

रम्भा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका बिष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले ४ हजार ७ सय ६७ मत प्राप्त गरि विजयी भएका हुन् ।

उपप्रमुखमा पनि एमालेकै राधाकुमारी श्रेष्ठ ४ हजार ८ सय ४ मत प्राप्त गरि विजयी भएकी छिन् । अध्यक्षमा भण्डारीका निकटतम प्रतिद्वन्द्वी अशोककुमार फालले ४ हजार ९८ र बिष्णुकुमारी सिँजालीले ४ हजार १ सय २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत धु्रवबहादुर कुँवरले बताए ।

कुल १३ हजार ८ सय ८२ मतदाता रहेको यस गाउँपालिकामा ९ हजार ७ सय ४ मत खसेको थियो । मुक्ति न्याैपाने