लुम्बिनी प्रदेश मिडियामैत्रीः मुख्यमन्त्री चाैधरी

बुटवल,भदाै २

मिडिया कमजाेर हुँदा सरकार चुप लाग्ने सञ्चारकर्मीहरूले बताएका छन् । मिडियाकाे कमजाेर उपस्थिति हुने भने सरकारकाे कमीकमजाेरी बाहिर नअाउने भएकाेले सरकारले मिडियालाइ प्रतिपक्षकाे रूपमै लिने गरेकाे सराेकारवालाहरूले बताएका छन् ।

बुटवलमा दुइदिनसम्म चलेकाे मिडिया भेलामा बाेल्दै प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया कमजाेर हुँदा सरकारले त्यसलाइ खासै वास्ता नगर्ने बताए । उनी भन्छन्, मिडिया कमजाेर भए सरकारका कमजाेरीहरू बाहिर अाउन सक्दैन त्यसैले धेरै सरकारहरू मिडियालाइ सशक्त बनाउन लागि नपर्ने बताए । उनले सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको महत्वपूर्ण भूमिका रहेको बताए ।

हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षित र बरिष्ठ पत्रकार युवराज घिमिरे सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाइ राज्यले नागरिकका प्रतिविम्बका रूपमा हेर्नु अावश्यक रहेकाे बताएका थिए ।

तर समाज रुपान्तरणमा मिडियाको सकारात्मक भुमिका रहनुपर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन् ।प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएको मिडिया सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकार मिडियामैत्री रहेको बताएका हुन् । चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए । उनले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु भए मात्र सरकार बलियो हुने बताए ।

लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्यउद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइनमिडियाहरु सहभागी थिए । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले सरकारी बिज्ञापन समानुपातिक बितरण नहुनुका साथै बढ्दो आर्थिक संकटका कारण मिडिया चल्न नसक्ने अबस्थामा पुगेको बताए ।

बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सिमित पत्रकारहरुको हातमा  सरकारी बिज्ञापन भएको सधा मिडियामा विज्ञापन आउन नसकेको बताए । सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालकतथा प्रकाशकहरुको सहभागिता रहेको थियाे ।

लोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण,बुटवल उपमहानगरका उपप्रमुख साबित्रादेबी अर्याल, सियारीका अध्यक्ष थानेश्वर घिमिरे, संघका उपाध्यक्ष बिष्णु भुसाल, सचिव माधव नेपाल, पत्रकार जगदिश भट्टराइ लगायतले बोलेका थिए ।

 साेही अवसरमा पाल्पा विकास केन्द्रले पत्रकार र नीतिगत समस्या तथा समाधानका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम समेत गरेकाे थियाे ।  सम्मेलनले १३ बुँदे घाेषणापत्र समेत जारी गरेकाे छ । 

१) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त  छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व वहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउन सम्मेलन माग गर्दछ ।

२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।

३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबै पक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन आग्रह गर्दछ ।

४) तिनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।

५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन माग गर्दछ ।

६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागि नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउन यो सम्मेलन माग गर्दछ ।

७) सरकारले संचारगृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।

८) रेडियो र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछ ।

९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।

१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न यो सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्दछ ।

११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी केवलकार सञ्चालन भएकाले नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१३) भाद्र १ गते बुटवल र २ गते पाल्पाको बसन्तपुरमा आयोजित यस सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय