एसएलसीको २३ वर्षपछि पपबाट नियमित कक्षा १२ उत्तिर्ण

पाल्पा, साउन ३२
पाल्पामा एसएलसी उत्तिर्ण भएको २३ वर्षपछि एक महिला कक्षा १२ उत्तिर्ण भएकी छिन् । तानसेनको पद्यपब्लिक नमूना माध्यमिक विद्यालयबाट रेनुका बस्याल राष्ट्रिय परीक्षा बोर्ड पास भएकी हुन् ।
नेपालमा खुलेको मोफसलको पहिलो विद्यालय पद्यपब्लिक नमूना माध्यमिक विद्यालयबाट रेनुका बस्याल नियमित २ दशमलव ९३ जिपिए सहित कक्षा १२ उत्तिर्ण भएकी हुन् । उनलाई विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ । कक्षा १२ उत्तिर्ण रेनुका बस्यालले विद्यालयको मायाकै कारण राम्रो नजिता ल्याउन सफल भएको बताईन् । उनी भन्छिन्, “राम्रो वातावरणमा पढाई हुने जानकारी पाएर २०७८ सालमा कक्षा ११ मा भर्ना भएँ । कक्षामा छोरी समानकालाई साथी बनाएँ । उनीहरुसँगै सिके । नियमित अध्ययनले आज सपना साकार भएको छ ।”
भर्खर कक्षा १२ उत्तिर्ण गरेकी बस्यालकी छोरी तानसेनमै बिबिए पाँचौं सेमेष्टरमा अध्ययन गर्दै छिन् । उनका छोरा बायोमेडिकल इन्जिनियरिङ अध्ययन गर्दैछन् । परिवारको साथ र पपमाविको उत्प्रेरणाले बोर्ड परिक्षा उत्तिर्ण गर्न सफल भएको बस्याल बताउँछिन् । उनका श्रीमान् उपसचिव हुन् ।

विद्यालयका प्रधानाध्यापक सन्तवीर बरालले नियमित रुपमा विद्यालयमा उपस्थित भएर कक्षा लिएकै कारण नियमित तर्फबाट पास गर्न सफल भएको बताए । उनी भन्छन्, कक्षा ११ मा दुईजना रेनुका र लक्ष्मीसँगैका साथीहरु छोराछोरी समानका साथीहरुसँग मिलेर पढ्ने गर्नुहुन्थ्यो, ज्ञान लिने चाहनालाई कसैले छेक्न सक्दैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले पढाईको काम कहिले पनि नसकिने भन्दै जहाँ इच्छा त्यहाँ उपाय हुने बताए । उनी भन्छन्, ४२ वर्षीय बस्यालको लगाव र विद्यालय परिवारको मेहनतका कारण एसएससी पास भएको २१ वर्षपछि पढ्न लागेर २३ वर्षमा सफलता हात लागेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय