पाल्पा, साउन २८

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला पहिराेका कारण राजमार्ग अवरूद्द भएकाे छ ।दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

बिहान ५ बजेदेखि  सडक डिभिजन कार्यालयले डोजर लगाएर पहिरो पन्छाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । सवारी साधन सञ्चालन गर्न अझै कम्तीमा तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय