पाल्पा, साउन १
साउन महिना लागेसंगै तीजका गीतहरु धमाधम बजारमा सार्वजनिक भई रहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारीक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेना बजारमा आएको छ ।
बरिष्ठ गायक ईन्द्र जि।सी।,चर्चित गायिका जमुना राना, चर्चित गायक बिक्रम परियार,चर्चित गायक,सर्जक हुम गैरे,चर्चित गायिका कमला बि।शी।,बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय शब्द हुम गैरेले सिर्जना गरेका हुन् ।

गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम के।सी।ले खिचेका हुन् । नक्कली भुटानी सरणर्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गायिका कमला बि।शी।को तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनामा चर्चित मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार,ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल,बिबेक बस्नेत,सिर्जना पाण्डे लगायतका कलाकारहरुको जिबन्त अभिनय रहेको छ । दर्शक अनि स्रोताले बिरहको तिज भाग १ र भाग २ लाई अपार मायाँ दिएका छन् । यो तेस्रो भागले पनि सबैको मन जित्ने बिश्वास लिएको सर्जक हुम गैरेले बताए । यथार्थ कथा बस्तुमा आधारित मार्मिक तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनाले सफलता पाउने बिश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय