बिष्णु खनाल
पाल्पा, असार २८
पाल्पा पूर्णखोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषित भएको छ । बिहिबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
१६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र दिइने १३ प्रकारका खोप पूर्णरुपमा लगाएपछि जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । पाल्पाका १० वटै स्थानीय तहहरु पूर्ण खोप दिगोपना सुनिश्चितता भएको आधारमा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गरिएका स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताउनुभयो । जिल्ला खोप समन्वय समितिले जिल्लाका सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा सर्वेक्षण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी संघिय संसद ठाकुर गैरेले स्वास्थ्य जस्तो गम्भिर बिषयमा राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले पाल्पा जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा हुनु गौरबको कुरा भएको बताउदै यसकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रमुख अतिथी गैरेले स्वास्थ्यमा नागरिकको पूर्ण अधिकार संबिधानमै ग्यारेन्टी गरेपनि त्यो ब्यबहारमा कार्यान्वयन नहुनु दुखद रहेको धारणा राख्नुभयो । उहाँले खोपले मानब स्वास्थ्यमा सकारात्मक प्रभाब पारेको बताउदै त्यसपछि मानव स्वस्थ हुनलाई खानपान र खाद्यबस्तु स्वस्थकर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथी लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री वीर बहादुर रानाले खोप लगाउन यसबारे सबै चनाखो भएर लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले कलिलै उमेरबाट मानिसहरु नियमित औषधी सेवन गर्न पर्ने अवस्था आएकाले बिना औषधी स्वस्थ रुपमा बाँच्न खोप संगै खानपन र जीवन शैलीले प्रभाब पर्ने बताउनुभयो । पूर्व मन्त्री रानाले कार्यक्रमहरु गर्दा सामान्य र मितव्ययी हुदै गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु र प्रदेश सभा सदस्य खेम बहादुर सारुले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले पूर्णखोप दिगोपना सुनिश्चितताका लागी प्रतिवद्धता जनाउदै हस्ताक्षर गरेका छन् । कार्यक्रममा सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय