बिष्णु खनाल

पाल्पा, असार २१

मानव अधिकार उल्लंघन हुन नदिन सबै सरोकारवाला निकायको भुमिका राम्रो हुनुपर्ने आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न। बुधबार तानसेनमा आयोजित इन्सेक पाल्पाको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे अन्तरकृया कार्यक्रमका सहभागीहरुले मानव अधिकारको बिषयमा जानकारी भएका ब्यक्तिहरु बाटै मानव अधिकारको हनन हुने गरेको पाइएको बताएका हुन ।

कार्यक्रमकी प्रमुख अतिथी जिल्ला समन्वय समितिकि उपप्रमुख काशिका गैरेले मानव अधिकार सम्बन्धि कार्यक्रम पालिका स्तरमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रमुख गैरेले स्थानीय तहले कार्यबिधि नै बनाएर मानव अधिकार सम्बन्धि कार्यक्रम तथा गतिविधि बढाउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले न्याय घरमा बसेर नपाइने भएकाले सम्बन्धि ठाउँमा गएर न्याय माग्नु पर्ने बताउनुभयो । प्रजिअ बास्तोलाले मानव अधिकारको उल्लंघन हुदा बालबालिका, अपांग तथा ज्येष्ठ नागरिक बढी सिकार हुने गरेको बताउनुभयो । उहाले मानव अधिकार उल्लंघन गरेकालाइ कानुनी कारवाहीका लागि जनप्रतिनिधि भन्दा स्थायी सरकारको रुपमा रहेका रास्ट्रसेवक कर्मचारीबाट बढी प्रभाबकारी हुने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्माले अन्य जिल्ला भन्दा पाल्पामा मानव अधिकारको अबस्था राम्रो भएपनि उत्साहित हुनु पर्ने अबस्था भने नरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिनाले मानव अधिकार बर्ष पुस्तक २०२४ का लागि पाल्पाको पछिल्लो अर्धबार्षिक समिक्षा प्रस्तुत गर्नुभयो । जिल्ला प्रतिनिधि तिमिल्सिनाका अनुसार पछिल्लो ६ महिनाको अबधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ४४ वटा घटना भएका छ्न ।त्यस्तै जिल्लामा बालिका बलात्कार ५ जना, ४ जना महिला बलात्कार र एक जनामा बलात्कार प्रयास भएको पाइएको छ ।

कार्यक्रममा सिबिआर पाल्पाका कृष्ण गहतराज, मानव अधिकारकर्मी ठाकुर प्रसाद लोहागुन, शिक्षक राजेन्द्र बस्याल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य गिरिजा गैरे, रास्वपा जिल्ला सचिब सुमन गैरे, पाल्पा ब्यापार संघ अध्यक्ष बामदेब बस्याल, पर्यटन ब्यबसायी धनिश्वोर बस्याल, उद्योग बाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार किरण कौशल, मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराई, भैरबस्थान मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द बहादुर पोखरेल, पत्रकार देब पचभैया, पाल्पा अस्पतालका अध्यक्ष गुराँस आत्रेय लगायतले मानब अधिकारका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रम मानव अधिकार रक्षक सन्जालका संयोजक भगवान भण्डारीको अध्यक्षता र ईन्सेक जिल्ला प्रतिनिधी यज्ञमुर्ती तिमिल्सिनाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय