रामपुर (पाल्पा), असार ११

पाल्पाको रामपुर नगरपालिकाको १३ औँ नगर सभाका अवसरमा सेराेफेराेन्यूज संवाददाता पत्रकार सुशीला रेग्मी सम्मानित हुनुभएको छ । पत्रकार रेग्मीले नगरपालिकाको विकास र समृद्धिका लागि सञ्चार तथा पत्रकारिताको माध्यमबाट पु¥याउनु भएको योगदानको कदर गर्दै नगद पाँच हजार रूपैयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।
नगर सभाको अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गर्नुभयो । पत्रकार रेग्मी एक दशक देखि पाल्पाको रामपुरमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले हाल राष्ट्रिय समाचार समिति (रासस), सामुदायिक रेडियो रामपुर, सेरोफेरो न्युज डटकममा आबद्ध रहेर काम गर्नुभएको छ । रेग्मीसहित नगरपालिकाभित्रका उत्कृष्ट शैक्षिक संस्था, खेलाडी, कर्मचारी, निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
नगरपालिकामा कार्यरत नगर प्रहरी ताराबहादुर सेन, जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल रामतुलसी माविका छात्रा सुरक्षा घिमिरे, उत्कृष्ट मावि विद्यालयतर्फ रामतुलसी नमुना मावि, आधारभुत विद्यालयतर्फ रामपुर आधारभुत विद्यालय, प्रावितर्फ ज्ञानमञ्जरी प्राथमिक विद्यालयलाई सम्मान गरिएको छ ।
यस्तै ब्याडमिन्टन विद्यामा रामपुर ६ का मुस्कान कुमाल, क्रिकेट विद्यामा रामपुर ७ बस्ने सुनिल क्षेत्री, पुरुष फुटवल विद्यामा रामपुर ७ बस्ने सन्दिप मल्ल, पुरुष भलिवल विद्यामा रामपुर ४ बस्ने सन्दिप थापा, महिला भलिवलमा रामपुर ६ बस्ने अस्मिता थापा पुरस्कृत हुनुभएको छ । जनही नगद रु पाँच हजार, दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।
रामपुर नगरपालिकाभित्रका निवर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यसहित वडाध्यक्षहरुलाई सम्मान गरिएको छ । नगरपालिकाको विकास निर्माणको क्षेत्रमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिलाई नगर सभामा सम्मान गर्ने कार्यक्रम अनुसार सम्मान गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय