Thursday , August 6 2020

भासिएको सडक मर्मतपछि तानसेन–बुटवल सडकखण्डमा ठूला सवारी एकतर्फी संचालनमा



पाल्पा साउन,१८


सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोको कारण सडक भासिदा अवरुद्ध सडकमा ठुला सवारीका साधन संचालनमा रोक लगाइएको थियो भने आइतबार दिउसो ४ बजेबाट सडक मर्मत गरी एकतर्फी रुपमा ठुला सवारी साधन समेत संचालनमा आएका छन् ।
पहिरो झर्ने सम्भावना भने भएकोले नागरिकको सुरक्षालाई दृष्टिगत गरी वेलुका ८ बजे देखि विहान ६ बजेसम्मको लागि अत्यावश्यक वाहेक सवै प्रकारका सवारी साधनको आवागमनमा लगाईएको रोकलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डको झुम्सा देखि हिउदेखोला बीचको सडक भासिएको छ । निरन्तरको बर्षले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डका दर्जन भन्दा बढी स्थानमा पहिरोका कारण पटक पटक अबरुद्ध हुदै आएको छ । पाल्पा,गुल्मी लगायत १२ भन्दा बढी जिल्लाका नागरिकहरु यहि सडक हुदै यात्रा गर्ने गर्दछन ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!