Thursday , August 6 2020

सिद्दबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते

पाल्पा, साउन १७

सिद्धार्थ राजमार्गकाे सिद्दबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते भएका छन् । तिनाउ गा.पा.- ३ सिद्धबाबा मन्दिर नजिकै पानी छहरामा सडक देखी माथीबाट ढुङ्गा खसी बुटवलबाट पाल्पा तर्फ आउदै गरेका व्यक्ति घाइते भएका हुन् ।

बुटवलबाट पाल्पातर्फ अाउँदै गरेकाे लु २ च ४१५१ नं. जीपमा सवार गरी आएका जिल्ला पाल्पा बगनासकाली गा. पा.- २ पोखराथोक बस्ने बर्ष ३२ को चुरामणि न्यौपाने, पैदल यात्री जिल्ला पाल्पा तिनाउ गा.पा.- २ दोभान बस्ने बर्ष ५३ को लक्ष्मण श्रेष्ठ र ऐ,ऐ बर्ष ४५ की लक्ष्मी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

घाइतेकाे उपचारको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको र उक्त स्थानमा प्रहरी चौकी दोभान, पाल्पाबाट प्र.ना.नि. सोम बहादुर सारुको कमाण्डमा टोली खटिई गएको थप अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालले जनाएकाे छ ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!