Thursday , August 6 2020

बुटवल तानसेन सडक भासियो ठूला सवारी संचालनमा रोक


बिष्णु खनाल


पाल्पा साउन,१७


सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डको झुम्सा देखि पनिमिल बीचको सडक भासिएको छ । सडक जोखिमपुर्ण अवस्थामा रहेको हुदा सम्भावित दुर्घटनालाई मध्यनजर गरी ठुला सवारी साधनहरु आवत जावतमा रोक लगाईएको पाल्पाका प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
निरन्तरको बर्षले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डका दर्जन भन्दा बढी स्थानमा पहिरोका कारण पटक पटक अबरुद्ध हुदै आएको छ । पाल्पा,गुल्मी लगायत १२ भन्दा बढी जिल्लाका नागरिकहरु यहि सडक हुदै यात्रा गर्ने गर्दछन ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!