Thursday , August 6 2020

पाल्पामा फरार ५ प्रतिवादी पक्राउ

पाल्पा, साउन १६

पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो । 

पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५५ वर्षीय मानबहादुर लम्तरी, तिनाउँ गापा–३ का ४५ वर्षीय रिवि काफ्ले, सोही स्थानका ३१ वर्षीय पदमबहादुर रायमाझी र बगनासकाली गापा–७ का २९ वर्षीय सुरज बहादुर कनौजेलाइ पक्राउ गरिएकाे पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

लागुऔषधको ओसारप्रसार, बहुविवाह र सार्वजनिक अपराधमा अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना तोकिएको थियो । अदालतको आदेशपछि जिल्ला प्रहर िकार्यालय पाल्पाको विशेष अभियानमा प्रतिवादी पक्राउ गरिएको हो । कनौजेलाई सार्वजनिक अपराधमा २०७२ पुस ५ गते, रायमाझीलाई बहुविवाह ०७१ असार २९, लम्साललाई लागुऔषधमा ०७४ माघ २१ गते, लम्तरीलाई ०७५ फागुन ९ गते, काफ्लेलाई ०७६ असोज २९ गते अदालतबाट कैद तथा जरिवाना तोकेको प्रनाउ गिरीले बताए । पक्राउ गरिएका प्रतिवादीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पाल्पामा पठाइएको छ ।

पाल्पा, रुपन्देही, नवलपरासी अदालतले कैद तथा जरिवानाको फैसला गरेको प्रतिवादी पाल्पाबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!