Wednesday , September 23 2020

स्वास्थ्य कार्यालयको ‘शून्य’ अपडेटको यथार्थता

विष्णु खनाल

पाल्पा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पाल्पाका २६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दियो। मन्त्रालयको सवा ४ बजेको प्रेस व्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पाल्पाका १२ पुरुष र एक महिला त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा १३ पुरुष गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो।

यता, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले भने पाँच बजे जिल्लामा नयाँ संक्रमित ‘शून्य’ रहेको सूचना जारी गर्यो। जिल्लाबासीमा द्धिविधा ! सत्यता कुन हो?

स्वास्थ्य कार्यालय पाल्पाले पाँच बजे जारी गरेको सूचना

‘हामीलाई २६ जनाको नामको सूचिमात्र आएको थियो। त्यसमा नेगेटिभ/पोजेटिभ भनेर खुलाएको थिएन्। त्यसकारण शून्य अपटेड भएको हो’ –स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले भने।

उनले स्वास्थ्य कार्यालयले शून्य भनेर सूचना जारी गर्नु कमजोरी भएको भने स्वीकारे। यद्यपी, फोनमा जानकारी लिँदा पोजेटिभ भएको बताएको तर प्राप्त सूचनामा नतिजा स्पष्ट नखुलेकाले पोजेटिभ भनेर सार्वजनिक गर्न नसकिएको बताए।

उनले स्वास्थ्य कार्यालयलाई आएको विवरणमा २४ जना पाल्पाका र २ जना भने नवलपरासीको पनि पाल्पाकोमा जोडिएको बताए। ति २४ जना पूर्वखोला, रामपुर र रैनादेवी छहराका रहेको उनले जानकारी दिए। यसबारेमा अझैपनि आफूहरुले सत्यतथ्य बुझिरहेको बताए।

Check Also

५ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै, असाेज ५ सोमबार (आज) बाट देशमा विभिन्न प्रदशेमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको …

Leave a Reply

error: Content is protected !!