Thursday , August 6 2020

पत्रकार पाण्डेकाे कार दुर्घटनामा मृत्यु

बुटवल, असार १४

आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ का बुटवल सम्बाददाता कृष्ण (बाबु) पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।

सडक किरानाको फलामे बारमा ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा खेलेका छन । उनि न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालक समेत हुन ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!