महाधिवेशनको तयारी गरौं: रामचन्द्र पौडेल

पाल्पा, असार १३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिटै हेरफेर गरिने बताएका छन्। उनले महाधिवेशनका तयारी सुरू गर्न नेता/कार्यकर्तालाई आग्रह पनि गरेका छन्।

प्रदेश नम्बर ५ का नेता/कार्यकर्तासँग शनिबार सामाजिक अध्ययन केन्द्रको आयोजनामा भएको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताएका छन्। कांग्रेसको महाधिवेशन फागुनमा तोकिएको छ। कोरोना महामारीले कांग्रेसले सक्रियता सदस्यता वितरण र नवीकरणका काम गर्न सकेको छैन। ‘साथीहरू महाधिवेशनको तयारीमा लाग्नुहोला,’ पौडेलले भने, ‘छिटै केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका हेरफेर गरिन्छ।’

Video

प्रदेश ५ Zoom-Meet Live !बिषय: "लोकतान्त्रिक समाजबादको सान्दर्भिकता"

Posted by Ram Chandra Paudel on Saturday, June 27, 2020

कांग्रेसले यसअघि जारी गरेको कार्यतालिकामा असारमा क्रियाशील सदस्यता वितरण/नवीकरण गरिसक्ने भनिएको थियो। तर कोरोनाले गर्दा फागुन अन्तिम सातादेखि कांग्रेसले पार्टीका कार्यक्रमहरू गरेको छैन।

कांग्रेसको कार्यतालिकाअनुसार दशैंलगत्तै जिल्ला महाधिवेशन गर्नुपर्ने उल्लेख थियो। पुस ११ गते जारी उक्त कार्यतालिकामा कोरोना महामारीपछिको अवस्थालाई हेरेर कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो।

पौडेलले तोकिएकै समयमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिने पनि उल्लेख गरेका छन्।

Check Also

पहिरो जादा दुई जना वेपत्ता, एक जनाको जीवितै उद्धार

गुल्मी, असार १९ अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जना वेपत्ता बनेका …

error: Content is protected !!