रम्भाका हरेक वडामा लिची र कागती राेपिँदै

म्भा गाउँपालिका पाल्पाले किसानलाई निशुल्क रुपमा कागती तथा लिचीको बेर्ना वितरण गरेकाे छ । गाउँपालिकाको आर्थिक वर्ष २०७६।७७ को वार्षिक कार्यक्रम अनुसार प्रत्येक वडामा फलफुलको बेर्ना वितरण गर्न सबै वडामा बेर्ना पु¥याईएको हो ।

रम्भा गाउँपालिकाका सूचना अधिकारी भक्तुजङ्ग रानाको नेतृत्वमा कृषि शाखा प्रमुख सृजना पोखरेल सहितको टोलीले प्रत्येक वडामा पुगेर फलफुलको बेर्ना वडा कार्यालय सम्म पु¥याईएको हो । वडा नं. १ हुँगीमा लिची १ हजार एक सय वटा र कागतीको बेर्ना १ हजार ८ यस वटा, वडा नं. २ फोक्सिङ्गकोटमा लिची २ सय ३० र कागती १ हजार ५ सय तथा वडा नं. ३ पिपलडाँडामा लिची ५ सय र कागतीको १ हजार ८ सय वटा बेर्ना पु¥याईएको छ । यसैगरि वडा ४ हुमीनमा लिचीको बेर्ना ३०० तथा कागतीको बेर्ना १५०० र वडा नं. ५ ताहुँमा लिचीको बेर्ना ५०० तथा कागतीको बेर्ना १५०० वटा पु¥याईएको रम्भा गाउँपालिका वडा नं. १ हुगीका वडा सचिव हरिप्रसाद भण्डारीले बताए ।

वर्षातको मौसममा सारेको बेर्ना सजिलै हुर्कने हुँदा किसानलाई सहज किसिमले उपलब्ध गराउन प्रत्येक वडामा बेर्ना पु¥याईएको रम्भा गाउँपालिकाका सूचना अधिकारी भक्तुजङ्ग रानाले बताए । पु¥याएका बेर्ना वडा कार्यालयबाट किसानलाई वितरण गरिनेछ । रम्भा गाउँपालिकाको हुँगी र पिपलडाँडा लिची उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ भने सबै वडामा कागतीको खेती राम्रो हुने कृषि प्राविधिकहरु बताउछन ।

Check Also

गाेरू काटेर खाएकाे अभियाेगमा रामपुरका ३ युवा पक्राउ

पाल्पा, असार ८ गोरु काटेर खाएकाे अभियाेगमा पाल्पा प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ । …

error: Content is protected !!