पाल्पा अस्पतालमा कोरोना परीक्षण गरिने, पिसिआर मेशिन ल्याइँदै

पाल्पा, असार १२

नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै जादाँ पाल्पा अस्पतालमा पनि पिसिआर मेशिन अाउने भएकाे छ । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हाे ।

पाल्पाका सांसद साेमप्रसाद पाण्डे फेसबुकमा लेखेका छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि थप १० स्थानमा पिसिआर मेशिन राख्ने निर्णय गरेको छ । पाल्पा जिल्लाको मागलाई प्राथमिकता दिएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । पाल्पा अस्पतालको मातहतमा पिसिआर मशिन स्थापना र सञ्चालन गर्ने अवसरले जिल्लाबासीको पिसिआर परीक्षणमा सहजता हुने विश्वास लिएको छु । जनप्रतिनिधिका हैसियतले मलाई निरन्तर घचघचाई रहनुभएकोमा आदरणीय दाजुभाइ दिदीबहिनीले धन्यवाद प्रकट गर्दछु ।

असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमार्फत कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।

थप भएका १० वटा प्रयोगशालाहरु झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ ।

यसअघि नेपालभर सरकारी २३ वटा प्रयोगशालामा कोरोना परीक्षण भइरहेकामा अब ३३ वटा प्रयोगशालाबाट कोरोनोको पिसिआर विधिमार्फत परिक्षण हुनेछ । स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा  पीसीआर विधिबाट हालसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना संक्रमण परीक्षण भएको छ । 

हालसम्म ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये २ हजार ६ सय ९८ जना निको भएका छन् । कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

Check Also

पहिरो जादा दुई जना वेपत्ता, एक जनाको जीवितै उद्धार

गुल्मी, असार १९ अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जना वेपत्ता बनेका …

error: Content is protected !!