Sunday , September 20 2020

पाल्पामा थप दुईमा कोरोना पोजेटिभ,संक्रमित सात पुगे



पाल्पा,२१ जेठ
पाल्पामा थप दुईमा कोरोना पोजेटिभ देखिएको छ । यो संगै पाल्पामा संक्रमितको संख्या सात पुगेको छ । पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएर क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । प्रदेश जनस्वास्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गर्दा पिसिआर पोजेटिभ आएको हो । उनीहरु पैदल खोला र जंगल हुँदै नेपाल प्रवेश गरेका थिए ।
यस अघि पाल्पाको निस्दीका २ जना, माथागढीका १ जना र रैनादेवी छहराका २ जना गरी भारत बाट फर्किएका ५ जनामा पोजेटिभ देखिएको थियो । पाल्पामा भारतबाट आएका अधिकांशको किट अभावका कारण परीक्षण समेत हुन सकेको छैन ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!