Sunday , September 20 2020

पाल्पामा आइसोलेसनमा उपचाररत एक पुरुषकाे मृत्यु

पाल्पा, जेठ २०

पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४६ बर्षिय एक पुरुषको मिसन अस्पतालकाे आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्याैपानेले बताउनुभयाे । मृतकलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्षण रहेको बताईएको छ । मृतक पूर्वखोला गाउँपालिका-१, सिलुवा घर भई पूर्वखाेला-२ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मात्र उनलाई मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको पूर्वखाेला गाउँपालिकाका स्वास्थ्य संयाेजक माेहन ढकालले बताउनुभयाे । भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । मृतकको स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्यु पछि पुन स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा हालसम्म ५ जना व्यक्तिमा कोरोना सक्रमण देखिएको छ । पाल्पामा रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना सक्रमण देखिएको हो । मृतकलाई कोरोना संक्रमणको लक्षण देखिएपछि मिसन अस्पतालमा पठाइएको पुर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिनुभयाे । तस्बिर: सांकेतिक तस्बिर गुगल

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!