Sunday , September 20 2020

पाल्पामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो


बिष्णु खनाल
पाल्पा,१९ जेठ
पाल्पामा कोरोना संक्रमित बढ्दै गएका छन । सोमबार सम्म पाल्पामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । सोमबार भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा निस्दी गाउँपालिकाका २ जना पुरुषमा कोरोना पुष्टि भए संगैसंक्रमितको संख्या पाँच पुगेको हो । यस अघि आईतबार पाल्पामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । आईतबार रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
संक्रमितहरु पाँचै जना केही दिन अघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए । संक्रमण पुष्टि भएका ३ जनालाई तानसेनको भुसलडाँडामा निर्माण गरिएको आइसोलेशनमा राखिएको र बांकी २ जनालाई तानसेन ल्याउने तयारी भैरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!