Sunday , September 20 2020

पाल्पामा पहिलो पटक देखियाे कोरोना पोजेटिभ

बिश्व भर फैलिएको कोरोना भाईरसबाट पाल्पा पनि अछुतो रहन सकेन आइतबार पाल्पाका ३ जनाको पिसीआर रिपोर्ट पोजेटिभ देखिए पछि पाल्पामा पनी काेराेना संक्रमण देखिएकाे हाे ।आइतबार साँझ प्रदेश प्रयोगशाला भैरहवामा गरीएकाे परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख छ ।
पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहरा वडा नं ७ र ८ का एक एक जना र माथागढी गाउँपालिकाका वडा नं ८ का १ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!