पाल्पा, जेठ २४
पाल्पामा जेठ १५ गतेबाट जारी कर्नेल उजिरसिं पाल्पा गोल्डकपको फाईनलमा रामपुर रोड्स चितवन र होराईजन फुटवल क्लब वालिङ्ग स्याङ्गजा भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाईन खेलमा होराईजन एफसी वालिङ्गले दि फेमस महिन्द्रा दल गण पाल्पालाई २—० गोलले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । होराईजनले खेलको पहिलो गोल पहिलो हापको आठौं मिनेट र दोस्रो गोल दोस्रो हापको ३६ औं मिनेटमा गरेको थियो ।
रामपुर रोड्स चितवनले पहिलो सेमिफाईनलमा फोर ब्रदर्श नवलपरासीलाई पराजित गर्दै फाईनल पुगिसकेको छ ।
फाईनल खेल शनिबार हुने आयोजक जिल्ला फुटवल संग पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय