बिष्णु खनाल
पाल्पा, जेठ २४
नेकपा एमाले तानसेन नगरकमिटीले तानसेन नगरपलिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बीच तानसेन नगरपालिकाको आगामी बजेटमा आफ्ना मुद्धाहरु समेटिनु पर्ने भन्दै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठलाई नगर कमिटीले ध्यानकर्षण पत्र बुझाएको हो ।
नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठलाई बुझाएको ध्यानाकर्षण पत्रमा तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा वडा कार्यालयहरुलाई दिएको बजेट सिलिङ रकममा नघटाई बजेटको व्यवस्था गर्नुपर्ने । नेकपा एमाले सरकारको पालामा अगाडि सारिएको एक वडा एक किलोमिटर मोटरबाटो कालोपत्रे गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, नगरपालिकाभित्र रहेका मोटरबाटोमा ग्राभेल गरी बाहै्र महिला गाडी चल्ने व्यवस्था गर्नुपर्ने, नगरपालिकामा धेरै जनताको मुख्य पेशा रहेकोले कृषिलाई व्यासायिक र औधोगिकरणतर्फ लैजान आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, कृषि र पशुपालनलाई उत्पादनमुखी र व्यवसायिक बनाउन बन्यजन्तु (बाँदर, बँदेल, दुम्सी लगायत) व्यवस्थापनको ठोस योजना र उत्पादनमा आधारित अनुदानका लागि प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने । कृषि, भेटेनरी प्राविधिकलाई फिल्डमा आधारित सेवा दिने वातावरण तयार गर्नुपर्ने माग रहेका छन् ।
त्यस्तै तानसेनको दिर्घकालीन विकासका लागि प्रचुर सम्भावना रहेको पयर्टन क्षेत्रको विकास लागि पुर्वाधार विकास, तानसेन सौन्र्दयकरण र व्यवस्थापनको व्यवस्थित योजना र बजेट विनियोजनसहित श्रीनगर, दरबार परिसर, प्रभाष क्षेत्र, रुरुक्षेत्र, रानीमहल, गुफाचौर,माण्डव्य सरोबर क्षेत्र, कुहिरेभिर लगायतको सौन्र्दयकरणको लागि विशेष ध्यान दिनुपर्ने, नारायणस्थान, भगवतीस्थान सहितका मन्दिरमा नियमित दिनभर दर्शन र पूजा गर्ने वातावरण बनाउनुपर्ने ।
ध्यानाकर्षण पत्रमा थप भनिएको छ तानसेन प्रवेश गर्दा फोहरपानी र दुर्गन्घसहितको अवस्थालाई सुधार गरीे बनदेवीको अव्यवस्थ्ति फोहोर र होलाङ्गदी ढल व्यवस्थापन सहित तानसेनको फोहोर व्यवस्थापन गर्नुपर्ने । सामुदायिक विद्यालयको शिक्षा सुधार कार्यक्रम र निजि विद्यालय अनुगमन र नियमनको लागि प्रर्याप्त बजेट बिनियोजन सहितको काम गर्नुपर्ने । तानसेनका सबै क्षेत्रको खानेपानी व्यवस्थापन सहित लिफ्ट खानेपानी योजनाको विद्युत महशुल निशुल्क गर्नुपर्ने । तानसेनमा नियमित विद्युत व्यवस्थापनमा समस्या रहेकाले यसको व्यवस्थापनको लागि पहल गर्नुपर्ने, शहरीक्षेत्रको घरहरुमा इन्सुलेटरवाला कालो तारको व्यवस्था र काठको पोल विस्थापन गर्नुपर्ने । सबै वडा कार्यालयहरुमा जनशक्ति व्यवस्थापन गरी सबै कामका लागि नगरपालिका धाउनुपर्ने प्रणालीको अन्त्य गरी वडा कार्यालयमा योजना सम्झौता, भुक्तानीलगायतका सबै काम हुने बनाउने तानसेनको वातावरण बाहै्र महिना खेलको लागि उचित रहेकाले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना र प्रत्येक वडाबाट प्रतिभावान खेलाडीको उत्पादनको लागि खेलकुद क्षेत्रमा प्रर्याप्त बजेट, वडा तथा केन्द्रहरुमा खुल्ला व्यायामशाला, कभर्डहल निर्माण लगायतका कार्यक्रम राख्नुपर्ने ।
त्यस्तै पत्रमा सुशासन प्रवद्र्धन गर्न बजेट पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाई, खर्चको पारदर्शीता अवलम्बन गरी जवाफदेही सरकारको व्यवस्था गर्ने ।स्थानीय उत्पादनको प्रवद्र्धन बजारीकरणसहित रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा आधारित समाजलाई बदल्न योगदान दिनुपर्ने । उद्यमशिलतामा जोड दिने कार्यक्रम बनाउने । दलित, महिला, युवा, बालवालिका लगायत लक्षित समुदायको उत्थानको लागि बजेट र कार्यक्रम राख्नुपर्ने । सबै प्रकारका चुहावट रोक्नु पर्ने, अनुत्पादक क्षेत्रका प्रशासनिक खर्च कटौती गर्नुपर्ने, समिति उपसमितिका नामका बैठक भत्ता, इन्धनलगायतका खर्चलाई कटौती गरी सुशासनयुक्त सरकार बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।
बजारक्षेत्रमा व्यवस्थित पार्किङगर्ने स्थान बनाउनुपर्ने र प्रत्येक क्षेत्रमा उठाईने पार्किङ शुल्क हटाउनुपर्ने साथै ट्राफिक व्यवस्थापन गर्नुपर्ने । आन्तरिक राजश्व वृृद्धि गर्न राजश्वका दरलाई वृद्धि गर्न भन्दा राजश्वका क्षेत्रहरु बिस्तार गरी आत्मनिर्भर बन्न प्रत्यत्न गर्नुपर्ने । तानसेनमा सुविधासम्पन्न बसपार्क, सभाहल निर्माणका लागी बजेट बिनियोजन गर्नुपर्ने । र तानसेनको व्यापारिक गतिविधिले निराश रहेका व्यापारी र निमार्णव्यवसायीहरुलाई हौसाला दिने कार्यक्रम ल्याउनुपर्ने एमाले नगर कमिटीको माग रहेको छ ।
ध्यानाकर्षण पत्र बुझेपछि नगरप्रमुख सन्तोषलाल श्रेष्ठले गत बर्ष भन्दा यस बर्ष करिब ३० प्रतिशत बजेट घटेर आएको हुदाँ यसले बिकासमा केहि कमी आउने बताउनुभयो । उहाँले ध्यानाकर्षण पत्रमा उठाइएका बिषयहरुमा नगरको नीति तथा कार्यक्रममा समेटिने बिश्वास दिलाउनुभयो । बजेट कम आएपनि आन्तरिक आम्दानी बिगतमा भन्दा अहिले बढाएको र बिकासमा नगर भित्रका सबै वार्डलाई भूगोल र जनसंख्याको आधारमा समान रुपमा बितरण गरिने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय