प्रथम पाल्पा महोत्सव सुरु, कारोनाबाट डराउनु पर्दैनः स्वास्थ्यमन्त्री

0

पाल्पा, फागुन १
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाईरसबाट नेपालमा नेपाली डराउनुपर्ने अवस्था नरहेकाे बताएका छन् ।

प्रथम पाल्पा महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री ढकालले नोबल कारोना भाईरस चीनमा रहेका नेपालीहरुमा यो रोगको संक्रमण हालसम्म नभेटिएको बताए । बिहिबारबाट प्रथम पाल्पा महोत्सव, तानसेन–९, दमकडा खेल मैदानमा सुरु भएको छ ।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५ बढी स्टल रहेका छन् । किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको संयोजक चिरञ्जिवी पोखरेलले बताए ।

महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भनेज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निस्शुल्क व्यवस्था गरिएको संघका सचिव पर्शुराम पौड्यालले बताए । महोत्सवा फागुन ११ सम्म संचालन हुनेछ ।