बालुवाटार जग्गा प्रकरण: अख्तियार पुग्यो अदालत

0

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेमा संलग्नमाथि कारबाहीको माग गर्दै विशेष अदालतमा गएको छ ।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको अख्तियार उच्च स्रोतले जनाएको छ । विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ । ‘आरोपपत्र आएको छ । हामी रुजू गर्दै छौ, रुजु सकेर दर्ता प्रक्रियामा जान्छौ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।