शारदा माविमा खाजा महाेत्सव सम्पन्न

पाल्पा, माघ २२

ब्रिटिस काउन्सिल अन्तर्गतको आइएसए अवार्ड कार्यक्रम अनुसार श्री शारदा माध्यमिक विद्यालय, तानसेन ८ मदनपोखरा पाल्पाका विद्यार्थीहरूले खाजा महाेत्सव गरेका छन् । कक्षा ८ का ३३ जना विद्यार्थीहरुले पेशा व्यावसाय तथा प्रविधि विषय स्थानिय खानाका परिकार बनाएका हुन् ।

हाम्रो स्वास्थ्यु भन्ने शीर्षकको परियोजना कार्य अन्तर्गत विभिन्न चार समूहमा विभाजन भई विभिन्न किसिमका नेपाली स्थानीय खाना र पाकिस्तानी स्थानीय खाना पकाइ खाजा महोत्सव आयोजना गरिएकाे हाे । नेपाली स्थानीय खाना अन्तर्गत विद्यार्थीहरुले मकैको आटो, कोदोको ढेंडो, गुन्द्रुकको अचार र झोल, सेल रोटी, बटुक, चुकाउनी, टमाटर र टिमूरको नेपाली चटनी बनाएका थिए भने पाकिस्तानी स्थानिय खाना तर्पm बेसन दही करी, चामलको पीठोको रोटी र मकैको पीठोको रोटी पकाएका थिए । यस परियोजनामा पाकिस्तानको गभर्नमेन्ट हाइस्कूल, कोटला, मुग्लानका विद्यार्थीहरुलले सहकार्य गरेका छन् । आइएसए संयोजक कृष्ण पाण्डेयले यस किसिमको परियोजना कार्यले विद्यार्थीमा पाककला सीपको विकास हुने र दुई देश बीच विद्यालयमा सिकाई अभिवृद्धि गर्न पारस्परिक सहयोग हुने बताउनुभयो । विषय शिक्षक डोलराज गौतमले यस किसिमको व्यवहारिक सिकाइले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर नागरिक बन्न सघाउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा सहभागी शिक्षक र विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक केशवराज अर्यालले धन्यवाद ज्ञापन गर्नुुभयो । कार्यक्रम कक्षा ८ की छात्रा पुष्पा कार्की को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Check Also

पाल्पाको जिल्ला अस्पतालबाट तलब, काम रुपन्देहीको निजी क्लिनिकमा…

पाल्पा, असार १९ जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि …

error: Content is protected !!