विद्यार्थीले अभिभावकलाइ खाना बनाएर खुवाए

0

पाल्पा, माघ १९

बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलले अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा खाना महोत्सव आयोजना गरेका छन् । विद्यालयले नेपाल सरकार र ब्रिटिस काउन्सिल द्धारा संचालित अाइएसए परियाेजना अन्तर्गत खाना महाेत्सव गरिएको हो ।

स्थानिय स्तरमा पाइने खानाका परिकारहरु जस्तै बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म. पानीपुरी विद्यार्थीहरूले बनाएका हुन् । विद्यार्थीहरुको कक्षा ६, ७ र ८ को पेसा व्यवसाय तथा प्रविधि शिक्षा विषयको पाठ्यक्रममा आधारित रहि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले पाठ्यपुस्तकमा सिकेको ज्ञानलाई प्रयोगात्मक रुपमा व्यवहारत लागु गरेका थिए ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्यले पाठ्यक्रममा आधारित परियोजना कार्यबाट विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने बताए । अभिभावक दिपा रानी रेग्मीले नानी बाबुहरुले सेतो टोपी र सेतो एप्रोन लगाएर विभिन्न परिकारहरु बनाएको देख्दा धेरै नै खुसी लागेको बताइन् । अतिथिहरु ता.न.पा वार्ड नं. २ का वडा सदस्य महेश मान श्रेष्ठ विद्यालय व्यवस्थापन समिती अध्यक्ष माधवप्रसाद नेपाल, विद्यालयका प्रिन्सिपल खेमबहादर सारु लगाएतले महत्सव सफलताको शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा पेसा व्यवसाय तथा प्रविधी शिक्षा विषय शिक्षक शोभा गुरुङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई सैद्धिान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञान दिगो रहने हुनाले प्रयोगात्मक कार्यलाई शिक्षण सिकाई क्रियाकलापसंगै जोडेर अगाडि बढाइएको कुरा बताएका थिए ।
कार्यक्रमको संचालन कक्षा आठ कि छात्रा विदुषी रेग्मीको सञ्चालन, विद्यार्थी सुलधा भुषलको स्वागत तथा कक्षा आठकै छात्र विशाल गैरको सभापतित्वमा सम्पन्न भएको थियो ।