बालबालिहरुलाई स्टेसनरी सामाग्री बितरण

0

बिष्णु खनाल

पाल्पा १६ माघ
नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासघ पाल्पाले पुस्तक दिबसको अबसरमा फरक क्षमता भएका बालबालिकाहरुलाई स्टेसनरी सामाग्री बितरण गरेको छ । पाल्पा सिबिआरको केयर सेन्टरमा रहेका १२ जना फरक क्षमता भएका बालबालिकाहरुलाइ स्टेसनरी सामाग्री बितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा सिबिआर पाल्पाका अध्यक्ष राजेन्द्रमुनि शाक्यले पुस्तक व्यावसायीहरुको यो पुन्य काम भएको र उपलब्ध सामग्रीहरु उपयोगी रहेको धारणा राख्नुभयो। सरकारबाट सहयोग नभएको अबस्थामा व्यवसायीक ढंगबाट भएको सहयोगले आफुहरुलाई राहत भएको उहाँको धारणा छ ।
सिबिआर पाल्पाका कार्यक्रम संयोजक कृष्ण गहतराजले सिबिआरले गरेका कामहरुको बारेमा प्रकाश पार्दै पुर्ण अपांगता भएका र विभिन्न माध्यमबाट शारीरिक र मानसिक अपांग भएका ६ जनाबाट सुरुभएको केयर सेन्टरमा हाल १२ जना बालबालिका रहेको बताउनुभयो ।केयर सेन्टर भन्दा बाहिर २८ जना अपांग बालबालिका रहेपनि आफुहरुले विभिन्न समस्याले समेट्न नसकेको गहतराजले दुखेसो गर्नुभयो । सिबिआरले विभिन्न दातृ निकाय र अक्षयकोषबाट दैनिक खर्च संचालन हुँदै आएको छ। बालबालिकाहरुलाई शिक्षा,खाजा तथा स्वास्थ्य उपचार समेत गर्दै आएको संयोजक गहतराजले जानकारी दिनुभयो। सुस्तमनस्थिति तथा बौद्धिक अपांग भएका बालबालिकाहरुलाई फिजियोथेरापी बिदेशी चिकित्सकबाट हुँदै आएको छ । पाल्पामै एक मात्र बिशेष विद्यालयको रूपमा पाल्पा केयर सेन्टर बिकास हुँदै गएको छ । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायि महासघका अध्यक्ष किशोर भट्टराईले पुस्तक व्यावसायिहरु नाफा मात्र कमाउन नलागी सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत देखी नै यस्ता सहयोग निरन्तर गर्दै आएको र फरक क्षमता भएका बालबालिकाहरुलाइ सानो सहयोग गर्न पाउदा खुसी लागेको घारणा राख्नुभयो । कार्यक्रममा १५ हजार बराबरको स्टेसनरी सहयोग गरिएको महासघका कोषाघ्यक्ष राम प्रसाद पन्थीले जानकारी दिनुभयो। कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासघका अध्यक्ष किशोर भट्टराईको अध्यक्षता र सचिव तारा सुनारीको संचालकमा सम्पन्न भएको हो ।