बाच्दैनौ तिमी नि!!!

0

 ~ओम प्रकाश पाण्डे!

बच्दैन देश नेपाल भन्नेगणतन्त्र र धर्मनिरपेक्ष: फालेर नगए!
बन्दैन मुलुक दुई चार हजार देशद्रोही: मारेर नगए!!२ 
उचाईमा देश पुग्दछ कहाँ: धर्म र संस्कृति नै नरहे!
प्रजा कसरी खुशी रहन्छन यहाँ: राजा नै नरहे!!२ 
शहिदले सम्मान पाउलान् र यहाँ: स्रष्टा नै हराए!
नेपालीले बाच्न पाउलान् र यहाँ:बिदेशी भराए!!२
हे कैलाशपति, हे राष्ट्रदेव: अब त जागिदेऊ!
तपोभूमि नै रणभूमि हुनेभो : तान्डब नाचिदेऊ!!२
स्वतन्त्र राष्ट्र, यो हाम्रो देशमा: बिदेशी भरिदै!
लाचारी जनता, भ्रष्ट नेता: छौ नेपाली मारिदै!!२ 
शिवको दर्शन, बिष्णुको शासन: चाहिन्छ प्रजालाई!
अब त जाग, जोगाऔ देश: सधै नै भरिलाई!!२
न झुक्यौ हामी बिदेशीसँग: नझुक्छौ फेरि नि! 
भ्रष्ट नेतालाई मासेरै फाल्छौ: कफनै बेरे नि!!२
राजा र प्रजा मिलेको देशमा: कुन शासन ल्यायौ नि!
शिवले गण पठाई सके:बाच्दैनौ तिमी नि! 
ए !भ्रष्ट नेता हो: बाच्दैनौ तिमी नि!!२                                                                                  
(लेखक: शिवसेना नेपाल पाल्पाका जिल्ला अध्यक्ष हुन।