पाल्पाकाे एनसेल टावरमा अागजनी

0

पाल्पा, माघ १३

पाल्पाको बगनासकालि गाउँपालिका ९, बगनासमा रहेको एनसेल टावरमा अागालागी भएको छ ।
आईतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए ।

आगजनीका कारण टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको छ । आगजनीको कारण टावरको जेनेरेटर,विटिएस सिस्टम,जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित तार पुर्णरुपमा जलेको छ ।

घटना विप्लब नेतृत्वको माओवादीले गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।