दैडियाे पाल्पा Victory Run (भिडियाे)

0

पाल्पा, माघ ११
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पाल्पामा विजय दौड (भिक्टोरी रन) पाल्पा २०७६ गरिएको छ । २१ किलोमिटर हाफ म्याराथुन, ५ किलोमिटर छात्रछात्रा र वाकाथुम प्रतियोगिता गरिएको हो । विजय दौड प्रतियोगितामा भएको हाफ म्याराथुनको उपाधी नेपाल आर्मीका नरेन्द्र सिंह रावलले प्राप्त गरे । उनले नगद ५० हजार रुपैयाँको उपाधी हात पारेका हुन् । हाफ म्याराथुनमा रुकुमका दुर्गाराज बुढा द्वितीय भए । आर्मीकै शिव बहादुर रायमाझि भने सान्तना हुन पुगे ।

हेर्नुहाेस् भिडियाे…

छात्रतर्फको ५ किलोमिटर भक्तपुरका सागर श्रेष्ठ प्रथम भए । छात्रातर्फ प्यूठानकी भूमी बुढामगर प्रथम भईन् । छात्रतर्फ युनिस सारु द्वितीय, प्रविण बोहोरा तृतीय र नारायण कुष्वाहा सान्त्वना भए । छात्रातर्फ खिमा शेरचन द्वितीय, सञ्जु गाहा तृतीय र सपना सारु तृतीय भए । विजयी खेलाडीहरुलाई नं. २२ का बाहिनीपती सहायकरथी सुदर्शन सिल्वालले नगद तथा प्रमाणपत्र प्रदान गरे ।

जिल्लाका स्थानीय तहसँगको समन्वयमा नेपाली सेना, गोरख दल गणले दौड प्रतियोगिता आयोजना गरेको थियो । गणका गणपति सुरज थापाले नेपाल भ्रमण वर्ष २०२० र जीतगढीमा नेपाली सेनाले अंग्रेजलाई युद्धमा परास्त गरेको सम्झनामा दौड प्रतियोगिता आयोजना गरिएको बताए ।