प्रदेश ५ मा नेकपाका शर्मा, घिमिरे र भट्टराई विजयी

0

दाङ, माघ ९

राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्। सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए। राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रति पर्धा भएको थियो। नेकपा र कांग्रेसबाट समान तीन/तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रति स्पर्धा गरेका थिए।

कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहम्मद हलवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए। त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए।